राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौँ, ६ कात्तिक २०७५ । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं नेपाली आरोहीहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

दक्षिणी मोहडाबाट उक्त हिमाल आरोहणका क्रममा गत असोज २७ गते हिमपहिरोमा परी आरोहण टोलीका प्रमुख कोरियाली नागरिक किम छाङ्हो तथा सदस्यहरू इजेहुन, इमइल जीन, युयङ्जीख, छङ जुन्मोसहित चार जना नेपालीको मृत्यु भएको थियो ।

यहाँस्थित कोरियाली राजदूतावासले आज जारी गरेको राष्ट्रपति मुनको शोक सन्देशमा दुवै देशका शोकाकूल परिवारजनमा हार्दिक सहनुभूति एवम् ऐक्यबद्धता पनि प्रकट गरिएको छ ।

 

  • 39Read This News:
  • 503886Total reads:
  • 307335Total visitors: