राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, १५ जेठ २०७५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट सामान्य क्याविनमा सारिएको छ । राष्ट्रकवि घिमिरेलाई ६ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उहाँलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरी उषा अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्कनुहुनेछ ।

 

  • 30Read This News:
  • 532012Total reads:
  • 334927Total visitors: