रसुवामा आगलागीबाट एक घर जलेर नष्ट

रसुवा, २२ असार २०७५ । आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित रु १० लाखबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

 

  • 28Read This News:
  • 486208Total reads:
  • 290983Total visitors: