रसियाद्वारा अमेरिकी निर्वाचनमा आफ्नो कुनै प्रकारको भुमीका नरहेको जानकारी

रसिया, २३ कात्तिक २०७३। रसियाले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार पनि नरहेको इच्छा पनि व्यक्त नगरेको सोमबार रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

अमेरिकी निर्वाचन ‘अमेरिकीहरुको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरु बाहिर आएको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो ।

उहाँले अमेरिकी विभिन्न समूहले रसियाको अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग मुछेर हेरिएको भन्दै रसिया कसैको पक्षमा नलागेको बताउनुभयो ।

जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीका इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रसियाली ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रसियाले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिनुभएको थियो ।

त्यसैगरी अक्टुबरमा अमेरिकी गुप्तचर तथा सुरक्षा सङ्घसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी रसियालाई अमेरिकी राजनीतिक सङ्घसंस्थामाथि आक्रमण गरेको भनी रसियाको आलोचना गरेका थिए । तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै उक्त भनाइको खण्डन गर्नुभएको थियो ।

पुटिनले जसले मस्कोमाथि अमेरिकी निर्वाचन अभियान प्रभावित पार्ने प्रयास गरेको भनी रसियाको आलोचना गर्ने शक्तिले अमेरिकी निर्वाचनलाई वास्तविक विषयबाट ध्यान भङ्ग गर्ने प्रयास हुनसक्ने भनी प्रतिक्रिया दिनुभएको थियो ।

 

  • 35Read This News:
  • 481595Total reads:
  • 288855Total visitors: