रत्ननगर म्युनिसिपिलिटी मोवाइल एप सार्वजनिक अव घरैवाट सूचना पाउने

चितवन, २२ भाद्र २०७५ । रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्÷छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् ।

नगरपालिकाकाले आफ्रनो मोबाइल एप्स आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पाउने भएका हुन् । नगरपालिकाले तयार पारेको ‘रत्ननगर म्युनिसिपिलिटी’ नामक मोवाइल एप्स आफ्नो मोवाइलमा डनलोड गरेपछि उक्त एप्समार्फत नगरपालिकाको सम्पूर्ण विवरण घरमै बसीबसी हेर्न मिल्ने भएको हो ।

नगरपालिकाका प्रमुख नारायण वन नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिँदै भन्नुहुन्छ, “हामीलाई खबरदारी गर्न पनि यो प्रविधि विकास गरिएको हो ।” प्रविधिलाई सिर्जनात्मक रूपमा लिइनुपर्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “राम्रा कामको प्रशंसा र गल्ती भएका कुरा सुधार गर्न सकारात्मक सुझावको अपेक्षा गर्दछौँ ।”

नगरपालिकाले विकास गरेको एप्समा नगरपालिकाको संक्षिप्त विवरण, सम्पूर्ण वडाको नक्सा तथा स्थान, कर्मचारीको विवरण, सार्वजनिक यातायात र एम्बुलेन्स पत्ता लगाउन सकिने सुविधा छ ।

यसैगरी विकास निर्माण र नगरपालिकाका समस्या तथा गुनासो फोटो र भिडियोसहित उजुरी गर्न सकिने सुविधा पनि एप्समा छ । आफ्नो कोड नं राखी डिजिटल नक्सापासको फाइल कहाँ पुगेको छ भन्ने जानकारी लिन सकिने भएको छ । निकट भविष्यमा नै एप्समार्फत नै अनलाइन कर तिर्ने सुविधा पनि विकास गर्न लागिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत रवि तिवारी बताउनुहुन्छ ।

नगरपालिकाले नगरसभामार्फत रु ४६ लाख बजेट विनियोजन गरेर सूचना प्रविधिका आधुनिक सेवाको प्रयोगलाई व्यापक बनाएकोे हो । नगर प्रमुख वन नगरपालिकालाई कागजरहित बनाउने कामको शुरुवात गरिएको बताउनुहुन्छ । उहाँका अनुसार सम्पूर्ण वडा कार्यालयलाई दैनिक इमेलमार्फत पत्राचार गर्न थालिएको छ । सबै वडामा उच्चगतिको फाइबर इन्टरनेट र भिल्यान प्रविधिमार्फत नगरपालिकामा जोड्ने काम अन्तिम चरणमा पुगेकाले सबै वडाबाट कर सङ्कलन गर्न सकिने भएको छ ।

नगरपालिकामा नक्सापास, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षालाई अनलाइनमार्फत दर्ता गर्न शुरु गरिएको र सेवाग्राहीको कामलाई सहज बनाउन सर्भिस नेटवर्किङ पनि गरिएको छ । त्यसैगरी नगरपालिकाले सार्वजनिक यातायात र एम्बुलेन्सलाई जिपिएस प्रविधिमार्फत जोड्नने प्रविधि विकास गरेको छ । छिट्टै नै यो सेवा नियमित गर्ने नगर प्रमुख वन बताउनुुहन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुङ्गाना ठेक्कापट्टालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन सेवा शुरु गरिएको र नागरिक वडापत्रलाई डिजिटल गरिएको जानकारी दिनुहुन्छ ।

 

  • 45Read This News:
  • 504293Total reads:
  • 307739Total visitors: