अष्ट्रिया, ५ असोज २०७५ । यूरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कले बेलायती प्रधानमन्त्रीले व्यापारबारे ल्याएको योजना सबै सदस्यराष्ट्रलाई मान्य हुने खालको नदेखिएको बिहीबार बताउनुभएको छ ।
इयू परिषद्का प्रमुख टस्कले बताउनुभयो, “बेलायतको यूरोपेली सङ्घबाट हुने बहिर्गमनपछि व्यापार क्षेत्रलाई व्यवस्थित गर्न प्रधानमन्त्री थेरेसा मेले ल्याएको योजनाले सरासर यही अवस्थामा ‘काम गर्न’ सम्भव छैन ।
अष्ट्रियाली शहर साल्जबर्गमा बसेको सदस्य राष्ट्रका नेताहरूसँगको छलफलपछि टस्कले सञ्चारकर्मीसँग उक्त कुरा बताउनुभएको हो । उहाँले थप्नुभयो, मेको ब्रेक्जिटबारे ‘चेकर्स प्लान’ले इयूको एकल बजारलाई कमजोर बनाउने नेताहरूको निष्कर्ष रह्यो ।


