माटोको ढिस्कोले पुरिएर ९ वर्षिया जानकी बिष्टको मृत्यु

कञ्चनपुर, १७ असोज २०७५ । माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका ९ वर्षिया जानकी बिष्टको मृत्यु भएको छ ।

चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

 

  • 35Read This News:
  • 505366Total reads:
  • 308732Total visitors: