भोजपुरमा सुरक्षा व्यवस्थामा कडाइ

भोजपुर, ३० कात्तिक २०७४ । प्रदेशसभाका लागि नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो । सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो ।

बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसँगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा (क) का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँतीलाई अंगरक्षक पठाइएको छ ।

त्यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेशसभा (क) का उम्मेदवार अजम्बर राई काङमाङ तथा प्रदेशसभा (ख) का उम्मेदवार गोविन्दबहादुर कार्कीलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

 

  • 40Read This News:
  • 504270Total reads:
  • 307717Total visitors: