भारतीय अभिनेत्री श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु

युएई, १५ फागुन २०७४ । बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ ।

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ ।

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले जनाएको छ ।”

दुबई प्रहरीले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार मृतक भारतीय नायिका श्रीदेवीको मुद्दालाई अब दुबईको सरकारी फौजदारी अदालतमा सारिएको छ । उक्त अदालतले यसपछिका कानूनी प्रक्रिया पूरा गरी मृत शरीरलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ ।

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका ५४ बर्षीय श्रीदेवीका शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र मृत्यु भएको थियो ।

मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ ।

sridevi deth mediacal report

 

  • 46Read This News:
  • 483014Total reads:
  • 289082Total visitors: