भारतमा भएको जातीय विवादमा एकको मृत्यु कैयौँ घाइते

भारत, ११ जेठ २०७४। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै, अन्य कैयौ घाइते भएका अधिकारीले बुधबार जानकारी दिएका छन् ।

लखनउबाट ७११ किलोमिटर उत्तरपश्चिममा पर्ने सहारनपुर जिल्लाको जातीय विवादको कारण हिंसा सुरु भएको छ ।

मङ्गलबार साँझ दलित समूदायसँग आवद्ध एक ट्रक चालकलाई माथिल्लो जात मानिने ठाकुर समूदायसँग आवद्ध व्यक्तिले गरेको आक्रमण परी ती व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना गम्भीर घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीयका अनुसार ती दलितहरु उत्तर प्रदेशका आफ्ना नेता मायावतीको जुलुसमा सहभागीता जनाएर फर्किरहेका थिए ।

बहुजान समाज पार्टीका प्रमुख मायावती उत्तर प्रदेशमा रहेका दशौं लाख तल्लो जाति अर्थात दलित व्यक्तिहरुलाई समर्थन गर्दैै आउनु भएको छ ।

साबिरपुरस्थित केही राजपूतहरुको भवनमा दलित समूदाय ढुङ्गा हानेपछि यी दुई समूदायबीचको तनाव सुरु भएको बताइएको छ ।

 

  • 53Read This News:
  • 510216Total reads:
  • 313482Total visitors: