बम राखेको हल्ला चल्दा विमानको आकस्मिक अवतरण

कुवेत, ३ माघ २०७३। ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ ।

उडान नम्बर ईडब्ल्यू ११७ बाट ओमानको सालल्लाह विमानस्थलबाट जर्मनीको कोलोन महानगर गन्तव्यतर्फ प्रस्थान गरिसकेको युरोविङ्ग्स एयरलाइन्सको एयरबस ए३३०–२०३ मोडेलको सो बिमान उडेको केही बेरमै विमानमा बम राखेकोले पड्किई ध्वस्त हुने हल्ला चलेपछि विमानमा कुवेत सिटीमा आकस्मिक अवतरण गरेको हो ।

सो विमानमा चालकदलका १३ जनासहित २९९ जना यात्रु सवार थिए । बम राखेको भन्ने हल्ला चलिरहेको अवस्थामा उडाइ रहन नमानेपछि विमानका कप्तानले कुवेतमा अवतरण गर्न यहाँको टावरसँग अनुमति मागेका थिए ।

आकस्मिक अवतरण पश्चात् सबै यात्रु ओह्राली विमानलाई पूरै जाँच, अनुसन्धान गर्दा बम वा कुनै त्यस्तो बिस्फोटक पदार्थ फेला नपरेको पनि कुना न्युज एजेन्सीले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेको सो विमानलाई जर्मनीकै सन् एस्प्रेस नामक कम्पनीले लिजमा लिई सञ्चालन गरेको र यस उडानलाई भने एफ.टी.आई. नामक एउटा ट्राभल एजेन्सीले चार्टर गरेको तथ्य युरोविङ्ग्स एयरलाइन्सले जनाएको छ ।

युरोविङ्ग्स एयरलाइन्स जर्मनीको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्सा जर्मन एयर लाइन्सकै भगिनी संस्था हो ।

 

  • 65Read This News:
  • 503306Total reads:
  • 306779Total visitors: