प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सर्यो

काठमाडौं, ४ चैत २०७३ । सर्वोच्च अदालतले मागेको फाइल गृहमन्त्रालयले नपठाउँदा प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सरेको छ। सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जयबहादुर चन्दविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले मागेको कार्यसम्पादन मूल्यांकन फाइल गृहले नपठाउँदा बिहीबार तेस्रोपटक सुनुवाइ सरेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार २४ घण्टाभित्र चन्दको कार्यसम्पादन मूल्यांकन अभिलेख झिकाउन आदेश दिएको छ। आगामी आइतबार पूर्ण इजलासमा सुनुवाइ हुनेगरी इजलासबाट यस्तो आदेश भएको हो। सुरक्षा निकाय प्रमुख पदमा नियुक्ति सम्बन्धी संवेदनशील विषयवस्तुमा विवाद देखिएकाले अग्राधिकार प्रदान गरी तत्काल सुनुवाइ सम्पन्न गर्नु आवश्यक देखिएकाले पूर्ण सुनुवाइका लागि चैत ६ का लागि पेस गर्नु आदेशमा भनिएको छ।

फागुन १ मा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले डिआइजी चन्दलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दाको मूल्यांकन फाइल र बढुवासम्बन्धी निर्णय फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको थियो।

महानिरीक्षक नियुक्ति विवादमा उठाइएका विषयवस्तु जटिल, महत्वपूर्ण भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुन मनासिव देखिएको भन्दै प्रधानन्यायाधीशसमक्ष पेस गरिने भएको छ। अब पूर्ण इजलासले महानिरीक्षक नियुक्ति विवाद टुँग्याउने छ। [Read More]

News Source: Nagarik News

 

  • 61Read This News:
  • 509598Total reads:
  • 312873Total visitors: