पोखरा वजारमा बन्दको प्रभाव सामान्य

कास्की, २९ साउन २०७५ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ ।

लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्थाको पठनपाठन प्रभावित भयो ।

राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्नुपर्ने मागसहित नेकपाले नेपाल बन्द गरेको हो । कास्की प्रहरीका प्रवक्ता रवीन्द्र गुरुङले पोखरामा बन्दको प्रभाव सामान्य रहेको जानकारी दिँदै लेखनाथको तालचोकस्थित धर्मकाँटामा शङ्कास्पद वस्तु भेटिएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली पुगिसकेको बताउनुभयो ।

 

  • 14Read This News:
  • 259004Total reads:
  • 129095Total visitors: