पाकिस्तानको अर्थतन्त्रमा सुधार, दशककै सबैभन्दा राम्रो

पाकिस्तान, १२ जेठ २०७४ । पाकिस्तानको अर्थतन्त्र दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको, पाकिस्तानी अर्थमन्त्रीले बिहीबार बताउनुभएको छ ।

पाकिस्तानको अर्थतन्त्रको वृद्धि दर गत वर्षमा ५.३ प्रतिशत पुगी यस दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको बताउँदै अर्थमन्त्री इशाक दरले गत वर्ष कुल ग्राहस्र्थ उत्पादन दशककै सबैभन्दा ३० करोड अमेरिकी डलरभन्दा माथि पुगेको बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा सुधार आउनुलाई मुलुकको सुरक्षास्थितिमा देखिएको सुधार प्रमुख कारण भएको बताउनुभयो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको रिपोर्टमा राज्यको मुद्रास्फिती ४.१ प्रतिशत पुगेको बताउनुभयो । यो अघिल्लो आर्थिक वर्ष २.८ प्रतिशत रहेको थियो । त्यसैगरी कुल ग्राहस्र्थ दरमा राजस्व वृद्धि दर १०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी वर्ष ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

पाकिस्तानी नागरिकको प्रतिव्यक्ति आय आर्थिक वर्ष २०१७ मा १ हजार ६२८ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो बर्षको १.१ बाट ५.३ बढेर ६.४ प्रतिशत वृद्धि भएको बताइएको छ ।

 

  • 38Read This News:
  • 482086Total reads:
  • 288962Total visitors: