पाँचौँ रामबजार महोत्सव असोज २० देखि २८ गतेसम्म हुने

कास्की, १९ असोज २०७४ । रामबजार युथ क्लबको आयोजनामा पोखरा महानगरपालिकाको रामबजारमा यही असोज २० देखि २८ गतेसम्म पाँचौँ रामबजार महोत्सव हुने भएको छ ।

कला र संस्कृतिको प्रवद्र्धन एवं जगेर्ना गरी आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने क्लबका सचिव राजु आलेले जानकारी दिनुभयो ।

महोत्सवमा लोकनृत्य, बाल उद्यान, जातीय झाँकीको प्रस्तुति, स्थानीय एवं राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, पञ्चेबाजा, नौमती बाजा, मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम गरिनेछ ।

महोत्सवमा १० वटा स्टल राखिनेछ । महोत्सव ७० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न सातवटा उपसमिति पनि गठन गरिएको छ ।

 

  • 42Read This News:
  • 261572Total reads:
  • 130226Total visitors: