पहिरोले नारायणगढ मुग्लिन सडक एकतर्फी

चितवन, २९ भाद्र २०७५ । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः ५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ ।

 

  • 39Read This News:
  • 511353Total reads:
  • 314565Total visitors: