नेपाल रेडक्रस सोसाइटी पोखरा उपशाखा १०–११ भवनको सभाहल बनाउन रु ६ लाख सहयोग प्राप्त

कास्की, ७ कात्तिक २०७३ । नेपाल रेडक्रस सोसाइटी पोखरा उपशाखा १०–११ भवनको सभाहल बनाउन रु ६ लाख सहयोग प्राप्त भएको छ ।

पोखरा–१० रामबजारमा निर्माणाधीन सो सभाहल बनाउन रामबजार निवासी भीममाया पौडेल, रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष राम गुरुङ, सल्लाहकार महेश गुरुङ, भीमकुमार श्रेष्ठ, समरबहादुर श्रेष्ठ, गङ्गा कुँवर, प्रताप परियार, इन्द्रकुमारी गुरुङ, रामबहादुर केसी, सूर्यबहादुर बानियाँले आर्थिक सहयोग गर्नुभएको उपशाखाका सभापति समरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सभाहल बनाउन पोखरा उपमहानगरपालिकाले पनि विभिन्न किस्तामा गरी हालसम्म रु ४ लाख ५० हजार उपलब्ध गराइसकेको छ । सभाहलको कुल अनुमान लागत रु १३ लाख रहेको छ । सभाहलको निर्माण भइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको सभापति श्रेष्ठले बताउनुभयो ।

 

  • 70Read This News:
  • 481432Total reads:
  • 288807Total visitors: