नेपाल रेडक्रस सोसाइटीको स्वर्ण वर्ष स्मारिकाको विमोचन

भद्रपुर, १ कात्तिक २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको स्वर्ण वर्ष स्मारिकाको विमोचन गर्नुभयो ।

प्रम ओलीले जिल्ला समन्वय समितिको सभाहलमा स्मारिकाको विमोचन गर्नुभएको हो ।

रेडक्रस झापाले स्वर्ण महोत्सवका अवसरमा सो स्मारिका प्रकाशित गरेको हो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । सरकार रेडक्रससँग मिलेर काम गर्न तत्पर रहेको प्रम ओलीले बताउनुभयो ।

स्मारिकामा रेडक्रस झापाको ५० वर्षको इतिहास समेटिएको छ । गृहजिल्ला झापामा नेपाल कम्युनिस्ट पार्टी झापाले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न प्रम ओली झापा आउनुभएको हो ।

 

  • 59Read This News:
  • 532203Total reads:
  • 335116Total visitors: