नेपालमा लगानी गर्न राजदूत पदम सुन्दासकोआह्वान

काठमाडौँ, २४ असार २०७५ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन उद्यमीलाई आह्वान गर्नुभएको छ ।

नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्रियाशील करीब तीन दर्जन संघसंस्था, गैरआवासीय नेपाली संघ (एनआरएन), बहराइनमा विभिन्न पेशा व्यवसायमा संलग्न उद्यमीका प्रतिनिधिसँगको वैदेशिक प्रवद्र्धनसम्बन्धी अन्तक्र्रियामा राजदूत सुन्दासले सो कुराको आह्वान गर्नुभएको बहराइन दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उप नियोग प्रमुख खगराज अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा चार्टर्ड एकाउन्टेन रमेश धितालले नेपालको आर्थिक परिसूचक, रणनीतिक लाभका क्षेत्र, लगानीका विधि तथा प्रक्रिया, लगानी र करसम्बन्धी विद्यमान व्यवस्था, नवीनतम् सिर्जनात्मक लगानीका सम्भावनाबारे प्रष्ट पार्नुभएको थियो ।

 

  • 34Read This News:
  • 485669Total reads:
  • 290539Total visitors: