नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा नवनिर्वाचित भारतिय राष्ट्रपति कोभिन्दलाई बधाई

काठमाडौँ, ६ साउन २०७४। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको १४औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामनाथ कोभिन्दलाई विहिवार छुट्टाछुट्टै सन्देश पठाई बधाई दिनुभएको छ ।

सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले भारतीय राष्ट्रपति कोभिन्दको कार्यकालमा नेपाल र भारत सम्बन्ध थप सुमधुर बनाउन मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

  • 28Read This News:
  • 260606Total reads:
  • 129915Total visitors: