धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

कैलाली, २१ चैत २०७४ । रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो । १ सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले सात विकेट गुमाउँदै मात्र १३९ रन बनायो ।

यसअघि ब्याटिङ गर्दै विराटनगरका लागि बाबर हयातले ५८ रन बनाए । उनले ३५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । ओपनरद्वय दिलीप नाथले ४३ तथा अनिलकुमार साहले ३६ रनको योगदान दिए । नाथले ३७ बलमा एक छक्का र ६ चौका तथा साहले २५ बल खेल्दै ३ छक्का र ३ चौका प्रहार गरे । कप्तान पारस खड्काले २२ तथा सौरभ खड्काले अविजित १७ रन बनाए । खड्काले १२ बल खेल्दै एक छक्का र ३ चौका हाने ।

बलिङतर्फ रुपन्देहीका सुफियान महमुदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङका क्रममा रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । उनले ५० बलमा २ छक्का र ४ चौका प्रहार गरें । दीपक प्रसादले १७ बल खेल्दै १ छक्का र २ चौकासहित २२ रन बनाए । सुशन भारीले अविजित रहँदै २ छक्का र १ चौकासहित २१ तथा कप्तान शक्ति गौचनले अविजित १४ रन बनाए ।

बलिङतर्फ विराटनगर किंग्सका शुभम कामतले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १८ रन खर्चे । रामनरेश गिरीले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए । प्लेयर अफ द म्याच विराटनगर किंग्सका बाबर हयात भए । उनले रु १० हजार पुरस्कार पाए ।

 

  • 26Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: