दिलबहादुर घर्तिमगरको रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौँ, ३१ साउन २०७५ । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ ।

दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गर्नुभयो ।

सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पु¥याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । मन्त्री ज्ञवालीले ब्लडमनी रकम साउदी अरब पु¥याएर दिलबहादुरलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताउनुभयो ।

 

  • 27Read This News:
  • 530841Total reads:
  • 333786Total visitors: