दाश्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु

काठमाडौँ, २१ जेठ २०७५ । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिनुभयो ।

विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालयमा किन भर्ना भएनन् भन्ने जानकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्म ११ हजार ९५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो ।”

 

  • 44Read This News:
  • 501322Total reads:
  • 304891Total visitors: