त्रिवेणी नगरपालिका वडा नं. १ र २ बालमैत्री वडा घोषणा

बाजुरा, १२ पुस २०७५ । त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका घोषणा गरिएको छ । बालमैत्री स्थानीय स्वायत्त शासन ऐनमा उल्लेखित सबै सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको सिफारिशमा बुधबार आयोजित औपचारिक कार्यक्रममा बुढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाह र त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले संयुक्तरुपमा ती दुवै वडालाई सुदूरपश्चिम प्रदेशकै पहिलो बालमैत्री वडाका रुपमा घोषणा गर्नुभएको हो ।

बालबाललिकाको जन्म, खोपको सबै चरणको सुनिश्चितता, निकृष्ट बालश्रम उन्मूलन, विद्यालयमा छात्रामैत्री शौचालयको व्यवस्था, आधारभूत तहको शिक्षाको अवसरमा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रक्रियामा बालबालिकाको सहभागितालगायत १६ वटा बालमैत्री स्थानीय शासनका खुट्किला र ३९ सूचक पूरा गरेपछि नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको उपप्रमखु राधिका सुनारले बताउनुभयो । वडाभित्र रहेका १८ वर्षमुुनिका २ हजार ३८० बालबालिकालाई बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गराउन वडामा सेभ द चिल्ड्रेन, पीसविनको सहयोग रहेको वडा नं २ का अध्यक्ष प्रभुराज जोशीले जानकारी दिनुभयो ।

 

  • 38Read This News:
  • 505068Total reads:
  • 308442Total visitors: