तनहुँमा मात्र ७८८ नयाँ उद्योग संचालनमा

तनहुँ, १८ साउन २०७५ । आर्थिक वर्ष २०७४/७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् ।

उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३/७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७३/७४ मा ८६२ उद्योग दर्ता भएका थिए ।

आव २०७३/७४ मा उक्त कार्यालयले रु ५६ लाख ४ हजार तथा आव २०७४/७५ मा रु ५३ लाख ४५ हजार राजश्व संकलन गरेको थियो । उद्योग नवीकरण, नामसारी, ठाउँसारी, पूँजीवृद्धि, खारेजीलगायत शीर्षकमा राजश्व संकलन गरिएको हो ।

रु १ लाखको उद्योग दर्ताका लागि रु १ हजार, रु १ लाखदेखि रु ३ लाखसम्मको उद्योग दर्ताका लागि रु ३ हजार, रु ३ लाखदेखि रु ५ लाखसम्मको उद्योग दर्ताका लागि रु ६ हजार, रु ५ लाखदेखि रु २० लाखसम्मको उद्योग दर्ताका लागि रु १२ हजार, रु २० लाखदेखि रु १ करोडसम्मको उद्योग दर्ताका लागि रु २० हजार, रु १ करोडदेखि रु ५ करोडसम्मको उद्योग दर्ताका लागि रु ३० हजार तथा रु ५ करोडभन्दा बढी लगानी भएको उद्योग दर्ताका लागि रु ५० हजार शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिनुभयो ।

 

  • 55Read This News:
  • 554985Total reads:
  • 354539Total visitors: