डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु

पाकिस्तान, २१ भाद्र २०७४। पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् ।

उक्त अस्पतालमा उपचारपछि ३ हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनायो ।

 

  • 28Read This News:
  • 513857Total reads:
  • 317024Total visitors: