ठगी गर्ने अधिकारी पक्राउ, जेल चलान

काठमाडौँ, ३ फागुन २०७५ । अदालतले रु २६ लाख ७५ हजार २९५ नगद र एक वर्ष कैद सजाया सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसलाअनुसार उक्त सजाया सुनाएका काठमाडौँ साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका अधिकारीले गोँगबुमा चाँदनी बहुद्देश्यीय सहकारी संस्था स्थापना गरी राष्ट्र बैंकको स्वीकृति नलिइ निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरी ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अधिकारीलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

 

  • 52Read This News:
  • 502655Total reads:
  • 306132Total visitors: