टिलरसन सिरिया विवादबारे छलफल गर्न मस्कोमा

रसिया, ३० चैत २०७३ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ ।

टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग सिरियाली राष्ट्रपति बसर अल असदको सेनाले इदलिबमा गरेको रासायनिक हतियार आक्रमणका विषयमा रसियाद्वारा असदप्रति प्रकट गरेका प्रतिबद्धतालाई छोडी विश्व समुदायलाई सघाउन आग्रह गर्नुहुने बताइएको छ ।

रसियाका लागि छुट्नुपूर्व जी–७ राष्ट्रका विदेश मन्त्रीहरुको बैठकमा टिलरसनले रसियाले सिरियाद्वारा गत हप्ता इदलिबमा गरेको रासायनिक हतियार आक्रमणपछि यसपूर्व सिरियाली असद सरकारसँगको सहकार्यबारे सोच्नुपर्ने बताउनुभएको थियो ।

टिलरसन मङ्गलबार राति मस्कोमा बिताएपछि बुधबार आफ्ना रसियाली समकक्षी सर्गेइ लाभरोभसँग सिरियाबारे छलफल गर्नु हुनेछ । यद्यपि टिलरसनका पूर्ववर्तीलाई जस्तै रसियाली राष्ट्रपति पुटिनले स्वागत गर्नुहुनेछ वा छैन भन्ने विषयमा मङ्गलबारसम्म टुङ्गो नलागेको रसियाली अधिकारीले बताए ।

 

  • 34Read This News:
  • 509303Total reads:
  • 312580Total visitors: