टर्कीमा असफल सैन्य ‘कू’ पछि हालसम्म ८ हजार ५७० सैनिक बर्खास्त

टर्की, ८ मंसिर २०७४ । टर्कीमा सन् २०१६ मा भएको असफल सैन्य ‘कू’ पछि हालसम्म ८ हजार ५७० सैनिकलाई सेवाबाट बर्खास्त गरिएको छ ।

टर्कीको रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ राजधानी अंकाराबाट प्राप्त समाचारमा जनाइएको छ ।

यसरी सरकारी सेवाबाट बर्खास्त गरिएका सैनिकहरु टर्कीको राष्ट्रिय सेनाको विभिन्न भूमिकामा रहेर कार्यरत काम गरिरहेका थिए ।

टर्कीमा सन् २०१५ को जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ पछि पनि सरकारले कैयौँ सरकारी अधिकारीहरुलाई बर्खास्त गर्ने क्रममा जारी राखेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले त्यस समयको ‘कू’ प्रयास गर्ने सैनिक जर्नेलमात्र नभएर विभिन्न विश्वविद्यालयका प्राध्यापक, उपकुलपतिहरु, सरकारी कर्मचारी, लेखक, वकिल, राष्ट्रिय फुटबल खेलाडीदेखि टर्कीका राष्ट्रिय राजनीतिक दलका नेताहरुसमेतलाई पनि बर्खास्त गरी जेल हालेका बताइएको छ ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतंककारी संगठन (एफइटिओ) को संलग्नता रहेको आरोप लगाइएको छ ।

यस संगठनमा संलग्नता रहेको आरोपमा सैनिक अधिकारीको बर्खास्तगीसँगै अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो ।

टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो । तर उनलाई भने पक्राउ गर्न सकेको छैन ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक संगठनहरूले भने उक्त यसमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् ।

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने पनि दाबी गर्दै आएका छन् । तर सरकारले सो भनाइ स्वीकार गरेको छैन ।

यस असफल सैनिक ‘कू’ को प्रयासको क्रममा २५० भन्दा बढी व्यक्ति मारिएका थिए भने सयौँको संख्यामा घाइते भएका थिए ।

 

  • 63Read This News:
  • 504064Total reads:
  • 307513Total visitors: