जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले) निर्विरोध निर्वाचित

कास्की, २० साउन २०७४ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारको मात्रै उम्मेदवारी परेकाले उम्मेदवारी दिएका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखमा बैनबहादुर अधिकारी क्षेत्री र उपप्रमुखमा सावित्री भण्डारी, महिला सदस्यमा गुमादेवी अधिकारी, जगनमाया गुरुङ, सीतादेवी विक, खुल्ला सदस्यमा तोरणबहादुर बानियाँ, वृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल र दलित वा अल्पसंख्यकमा रुपबहादुर माल थापा निर्र्वाचित भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले घोषणा गर्नुभएको थियो ।

५ स्थानीय तह १ महानगर, ४ गाउँपालिका भएको कास्कीमा एमालेले १ प्रमुख, १ उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष र ४ गाउँपालिका उपाध्यक्ष जितेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको थियो । यसरी एमालेको ९ मत र काँग्रेसको १ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति आजको लागि तय गरेको थियो ।

 

  • 46Read This News:
  • 512847Total reads:
  • 316032Total visitors: