जापानी प्रधानमन्त्री सिन्जो आबे २ दिने भारत भ्रमणमा

भारत, २७ भाद्र २०७४ । जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा आउन लाग्नुभएको छ ।

उहाँ आगामी बुधबार भारत भ्रमणमा आउन लाग्नुभएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि २ दिन प्रधानमन्त्री आबेले भारतको भ्रमण गर्नुहुने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिनुभएको छ ।

यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ ।

 

  • 29Read This News:
  • 556392Total reads:
  • 355858Total visitors: