जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

This picture shows a collapsed road due to heavy rain in Higashihiroshima, Hiroshima prefecture on July 7, 2018.

जापान, २४ असार २०७५ । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् ।

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन् । दशौँलाख मानिसलाई सजग रहन भनिएको छ ।

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन् ।

जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ ।

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ । उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ ।

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ ।

People waif to be rescued on the top of a house almost submerged in floodwaters caused by heavy rains in Kurashiki, Okayama prefecture, southwestern Japan, Saturday, July 7, 2018.
People waif to be rescued on the top of a house almost submerged in floodwaters caused by heavy rains in Kurashiki, Okayama prefecture, southwestern Japan, Saturday, July 7, 2018.
Residential buildings are damaged by a landslide caused by heavy rains in Sakacho, Hiroshima prefecture, south western Japan, Saturday, July 7, 2018.
Residential buildings are damaged by a landslide caused by heavy rains in Sakacho, Hiroshima prefecture, south western Japan, Saturday, July 7, 2018.

  • 36Read This News:
  • 485777Total reads:
  • 290596Total visitors: