जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या ३४ पुग्यो

Rescue workers from Japan's Self Defense Force search through debris piled over a house completely demolished by flooding caused by heavy rain in Toho, Fukuoka prefecture, southwestern Japan Thursday, July 6, 2017. Troops worked Thursday to rescue hundreds of people stranded by flooding in southern Japan. (Nozomu Endo/Kyodo News via AP)

जापान, ३ साउन २०७४। जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ ।

गत जुलाई ५ तारिखका दिन भिषण र अविरण बर्षापछि आएको बाढी पहिरोमा परी अरु ७ जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

सोमबार मात्रै थप २ जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न सोमबार पनि २७ हजार जना जापानको प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रक खटिएका छन् ।

त्यसैगरी झण्डै ९ हजार जना स्वयमसेवकहरु पनि बाढी पहिरोले क्षति पुर्याएको ठाँउमा सहयोगका लागि क्रियाशिल रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकोप प्रभावित क्षेत्रमा सोमबार उच्च तापक्रम रेकर्ड गरिएको छ । स्थानीय असाकुरा र हिटा भन्ने दुई ठाँउ निकै गर्मी हुने ठाँउ मानिन्छन् । ती दुई ठाँउमा सोमबार क्रमशः ३४.८ र ३६.२ डिग्री सेल्सीयस ताप मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

 

  • 32Read This News:
  • 485210Total reads:
  • 290228Total visitors: