जवरजस्ती यौनसम्पर्क गरी फरार युवक पक्राउ

सिराहा, २९ साउन २०७५ । छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।

अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ । गत साल माघ २५ गते जबर्जस्ती करणी गरी फरार भएका शर्मालाई खोजतलास गर्ने क्रममा सोमबार बिहान पक्राउ गरी आवश्यक कारवाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

  • 51Read This News:
  • 532172Total reads:
  • 335085Total visitors: