चीनमा तेल बोकेको ट्याङ्कर विष्पोट हुँदा बाह्रजनाको मृत्यु पन्ध्र घाइते

चीन, १० जेठ २०७४। चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा एक पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा मङ्लबार कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् ।

स्थानीय समय अनुसार विहान ६ बजेर २० मिनेटको समयमा पछिबाट आएकोे ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ सडक खण्डमा दुर्घटना हुनपुगेको ट्याङ्करमा आगलागी हुँदा नजिकै रहेको घरका र गाडिमा यात्रारत १२ जनाको जलेर मृत्यु भएको र ३ जना जलेर घाएते भएका,लाइयुवान काउन्टि प्रशासनले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय सुरक्षाकर्मीले जनाएको छ ।

 

  • 57Read This News:
  • 510216Total reads:
  • 313482Total visitors: