चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

जर्मनी, १४ वैशाख २०७४। चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ ।

बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्नुहुँदै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा जनाउनु भएको हो ।

कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रमलाई रोक्नुपर्ने बताउनुभएको हो ।

 

  • 49Read This News:
  • 509294Total reads:
  • 312572Total visitors: