गुफामा फसेका बालकको उद्धार जारी, एकजना गोताखोरको मृत्यु, उद्धारको काम जोखिमपूर्ण

थाइल्याण्ड, २२ असार २०७५ । थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ ।
उनीहरुको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोर समेत चार दिनदेखि निकै खटिएका छन् । तर उनीरुलाई बाहिर निकाल्न सकेका छैनन् ।

गुफामा घुम्न गएका उनीहरु फसेको नौ दिनपछि सकुशल रहेको पाइएको थियो । उनीहरु आजका मितिसम्म नै स्वस्थ रहेको समाचारहरु आइरहँदा उद्धारको काम भने झनै जोखिमपूर्ण रहेको पाइएको छ ।

करिब दुई साताअघिदेखि यो उद्धारको काम थालिएको हो । त्यसमा स्वदेशी र विदेशी गोताखोरहरु सक्रिय रुपमा लागेका सरकारले जनाएको छ ।

बालकहरु र उनीहरूका प्रशिक्षक उक्त गुफाभित्र च्यापिएर रहेका छन् । उनीहरुलाई खानेकुरा भने बाहिरबाटै दिइएको छ ।
उक्त प्रयासमा थाइल्याण्डको नौसेनाका गोताखोर, सैनिक र अरु उद्धारकर्मीहरूसहित करिब एक हजार जना जति खटिइरहेका थाइ सरकारले जानकारी दिएको छ ।

यसैबीच शुक्रबार बिहान प्राप्त एक समाचारमा उक्त उद्धारको काममा खटिएका नौसेनाका एकजना गोताखोरको ज्यान गएको बताइएको छ ।

शुक्रबार बिहान सो गुफाभित्र छिरेका उनी त्यहाँबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गुफामा फसेका व्यक्तिहरूलाई खानेकुरा पु¥याएर फर्किनेक्रममा उनको मृत्यु भएको हो ।

अधिकारीहरुले अक्सिजनको अभावका कारण बेहोस भएका ३८ वर्षीय उनको गुफाबाट बाहिर फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव भएकोले मृत्यु भएको बताइएको छ ।

 

  • 29Read This News:
  • 486368Total reads:
  • 291108Total visitors: