खुम्बुमा भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बु, २४ मङ्सिर २०७५ । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए ।

आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिनुभयो । उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडौँको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

  • 9Read This News:
  • 259004Total reads:
  • 129095Total visitors: