क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा

क्युवा, ५ जेठ २०७५ । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ ।

क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको बताइएको छ । विमानबाट तीन जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो ।

विमान हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो ।

क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको, क्युवाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो ।

विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको छ । विमानको दुर्घटनाबारे अनुसन्धानका लागि प्राविधिकसहितको टोली बनाई अनुसन्धान शुरु गरिएको राष्ट्रपति दायज केनलले बताउनुभयो ।

 

  • 52Read This News:
  • 532118Total reads:
  • 335031Total visitors: