कोरियाली प्रायदीपमा तनाव कम गर्न चीनको ठूलो सहयोगः ट्रम्प

संयुत्त राज्य अमेरिका, १५ वैशाख २०७५ । उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रसंशा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको कोरियाली प्रायदीपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रसंशा गर्दै आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “मेरो असल साथी तथा चीनका राष्ट्रपति सीले खासगरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नविर्सौं । उहाँ विना वार्ता प्रयास लामो र कठीन हुने थियो ।”

चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङ्याङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकावन्दीमा चीनले समर्थन जनाएको थियो । यस बिषयमा चीनले उत्तर कोरियामा नाकावन्दीको घोषणा नगरेको भए कोरियाली प्रायदीपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन ।

शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहित दुवै देशका नेताहरुले पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारी अनुसार दुवै नेताहरूले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गर्नु भएको थियो ।

 

  • 74Read This News:
  • 502255Total reads:
  • 305762Total visitors: