एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

इन्डोनेसिया, २ असोज २०७५ । इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ ।

मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् ।

आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो ।
उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुलाई मुख्य बनाएर विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने भएको छ ।

कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न इन्डोनेसियाका जनताले आफुहरुलाई धेरै सहयोग गरेको मुल समितिका प्रमुख ओक्तोहरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आशा छ, हामीले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नेछौँ, हामीलाई आम जनताको थप सहयोग र समर्थन रहनेछ ।”
उहाँले यस प्रतियोगिताले इन्डोनेसियाको इतिहासमा नयाँ परिचय थप्ने दावी पनि गर्नुभयो ।

 

  • 39Read This News:
  • 510889Total reads:
  • 314149Total visitors: