एकसाथ २७ तीज एल्बम बिमोचन

काठमाण्डौ, १४ साउन २०७४ । राष्ट्रिय लोक संचारकर्मी नेपालले नियमित रुपमा गर्दै आएको तीज एल्बम बिमोचन कार्यक्रम यस बर्ष पनि भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

काठमाण्डौको अनामनगरमा आयोजित उक्त कार्यक्रममा एकैपटक २७ ओटा तीज एल्बम बिमोचन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा माननीय सास्कृति विद कान्ता भट्टराइको आतिथ्यमामा सम्पन्न कार्यक्रममा कलाकारहरु बरिष्ट गायिका चन्द्रकला साह ,लोक गायक नबिन खड्का ,चर्चित गायिका सर्मिला गुरुङ, संचारकर्मी कृष्ण कंडेल, सस्थाका पुर्व अधक्ष्य गोबिन्द गिरी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सस्थाका अध्यक्ष हरिबल्लब नेपालको सभापतित्वमा समपन्न कार्यक्रममा अग्रज गायिका चन्द्रकला साहले भन्नु भयो “हराउदै गएको नेपाली मौलिकता प्रति चिन्ता जिदै आफुले तीजको संरक्षण र मौलिक गीतको लागि अहिले सम्म पनि व्यक्तिगत रुपमा एल्बम निकाल्दै आएको र मौलिकतामा ध्यान दिन नया पुस्ताका कलाकारहरुलाई आग्रह गर्नु भयो ।

लोक गायक नविन खड्काले “अहिले आएको अधिकंश गीतहरु रत्यौली त्यसमा पनि बढी छाडा शब्द प्रयोग भएको हुदा ध्यान दिन अनुरोध छ संगै तीज महिलाहरुको हो पुरुषको किन हाबी ? पुरुस मित्रहरुलाइ आग्रह नारीको सस्कृतिमा हाबी नगर्नुहोस”

गायिका शर्मिला गुरुङले पुरानो गीत गाउदै आफ्नो मौलिक तीजलाई जगेर्ना गर्न अनुरोध गर्नुभयो

विमोचन कार्यक्रममा उमा श्रेष्ठको “चढ्यो बैस” ,कमल सरगमको “नाचा सानी नाच” ,धन कुमारी थापा सरुको “फरर फरर ”, निता पुन मगर र मिना गर्बुजाको “झम्के बुलाकी”, हरि बहादुर काफ्ले मगरको “जोर मादल” ,नबिन पुलामी मगरको “तीजलाई किन्देको सारी ” ,पूर्णकला बिसीको “माईतिघर” ,मन्जु गौतमको “लोडसेडिङ हुदैन” ,शर्मिला रायमाझीको “जिरो फिगर” ,सितल पाण्डेको “माईति देशैमा” ,बिनय खत्रीको “रिमेझिमे पानीमा”,शोभा त्रिपाठीको “टिकीया हरायो” ,सुनिता गुरुङको “हंकंगको चुरा” ,चन्द अर्यालको “ओ हो महादेव” ,सुनिला गुरुङको “मेरै खुट्टाले”,सान्ती रिजाल पौडेलको “बटौली घुमाउनि”,पुजा पौडेलको “पाउडरले गोरो”,सुष्मा लामाको “काकारिको झाल”, मन्जु लावतीको“यसपाली तीजमा”, राजु सुनाम र कालिका रोकाको“आजै पानी परेर भिजायो”,डिल्लीराम रेग्मी सुजनको “सासु बुहारी”, टिका पुनको “युके को सहर”, केशु गुरुङको “जुन देशमा रहे पनि तीज”, अमृता लुंगेली मगरको “जो बढी नाच्छ उही धेरै बाँच्छ”, जागर घर्ती मगरको “घुमायो फनफनी”, बिष्णु डिसीको”कोरली गाई” गिती एल्वम विमोचन गरेको थियो ।

 

  • 90Read This News:
  • 512750Total reads:
  • 315941Total visitors: