इथियोपिया फोहोर मैला विसर्जन केन्द्रमा पहिरोमा परी मृत्यु हुनेको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा

photo source: The New York Times

इथियोपिया, २ चैत २०७३। इथियोपियाली संसदले मङगलबार फोहोर मैला विसर्जन केन्द्रमा परी ज्यान गुमाउने नागरिकको सम्झनामा मार्च १५ देखि १७ सम्म ३ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सुरुमा इथियोपियाको सरकारी स्रोतले ल्यान्डफिल्ड साइटमा पहिरो जाँदा १५ देखि १७ जनाको मृत्यु भएको भनी जानकारी गराए पनि सो सङ्ख्या बढेर ७२ पुगेको अदिस अबाबा सहरका प्रशासनिक सूचना मामिला कार्यालयका प्रमुख दग्माबिट मोगेसले बताए ।

दग्माबिटका अनुसार पहिरोले स्थानीय एउटा बस्तीलाई पुर्दा ७२ जनाको मृत्यु भएको थियो भने अन्य केहीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

अदिस अबाबाका स्थानीयले पहिरोमा परी ज्यान गुमाएका ३१ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरेका छ भने केही मानिस अझै पहिरोले पुरिएर रहेको आशङ्कामा उनीहरुको खोजी कार्य जारी छ ।

इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको ‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा शनिबार पहिरो गएको थियो । पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् ।

 

  • 30Read This News:
  • 509655Total reads:
  • 312929Total visitors: