इजिप्टमा डुङ्गा दुर्घटनामा दोषी ठहर गर्दे ५६ जनालाई जेल सजाँय

इजिप्ट, १४ चैत २०७३ । इजिप्टको एक अदालतले आप्रवासी चढेको एउटा डुङ्गा इजिप्टको भूमध्येसागरीय क्षेत्रमा डुबेको डुङ्गाले क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको ठहर गर्दे यसमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेको भनिएका व्यक्तिलाई जेल सजायँ तोकिएको हो ।

सन् २०१६ को सेप्टेम्बर २१ मा भएको डुङ्गा दुर्घटनापछि बचेका यात्रुका अनुसार डुङ्गाले ४५० जनाभन्दा बढी यात्रु बोकेको जनाएको थिए ।

सामान्यताय दुर्घटनाग्रस्त उक्त डुङ्गाको भारवाहन क्षमता करिव १०० जनाको लागि भएको बताइउको थियो ।

जेल सजायँ सुनाइएका इजिप्टका अभियुक्तहरुलाई ८ देखि १० वर्षसम्मको सजायँ सुनाइएको छ ।

उक्त डुङ्गा दुर्घटनापछि इजिप्टको नौसेनाले १६३ जनालाई जीवित उद्धार गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ आप्रवासी मामिला हेर्ने निकाय (युएनएचसिआर)का अनुसार उद्धार गरिएको अधिकाँश इजिप्टका नागरिक थिए भने केही सुडान, इरिट्रा सिरिया र इथियोपियाबाट युरोप हिडेका शरणार्थी थिए ।

 

  • 58Read This News:
  • 509660Total reads:
  • 312934Total visitors: