आफ्नी बहिनीले स्थापना गरेको सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्यामा

केन्या, ३२ असार २०७५ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ ।

दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् । नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न जानु भएको थियो ।

केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्नुहुने अपेक्षा गरिएको छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्या आउनु भएको जनाइएको छ ।

वहिनी औमाको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पु¥याउने काम गर्ने समाचारमा उल्लेख छ ।

 

  • 20Read This News:
  • 484951Total reads:
  • 290089Total visitors: