आइपीएलको यात्रा सकेर क्रिकेटर लामिछाने स्वदेश फर्कियो

काठमाडौँ, ९ जेठ २०७५ । भारतमा भएको एघारौँ संस्करण इन्डियन प्रिमियर लिग(आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन् ।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताउनुभयो ।

उहाँले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा व्यक्त गर्नुभयो ।

लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाउनुभएको थियो । उहाँले खेल्नुभएको खेलेको तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए ।

उहाँलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

 

  • 41Read This News:
  • 532396Total reads:
  • 335297Total visitors: