आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उहाँले आशंका गर्नुभयो ।

मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको छ । उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ ।

आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।

आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ ।
त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।
हावाहुरीले थुपै रुखहरु ढालेको छ भने घरहरु भत्काएको छ । आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ ।

मृत्यु भएका मध्ये दुई जना आमा र बच्चा समेत रहेका छन् । उनीहरुलाई रुख ढलेर उनीहरुकै घरमा च्यापेको थियो । घरमा आगलागी समेत भएको थियो ।

दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ ।
स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् ।

मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ ।

A father pushes his son in a basin across a flooded street in the aftermath of Super Typhoon Mangkhut in Calumpit, Bulacan on September 16, 2018. (Photo by NOEL CELIS / AFP)

A Lumberton firefighter holds on to two nursing home patients as a member of the Cajun Navy drives his truck during the evacuation of a nursing home due to rising flood waters in Lumberton, North Carolina, on September 15, 2018 in the wake of Hurricane Florence. - Besides federal and state emergency crews, rescuers were being helped by volunteers from the "Cajun Navy" -- civilians equipped with light boats, canoes and air mattresses -- who also turned up in Houston during Hurricane Harvey to carry out water rescues. (Photo by Alex Edelman / AFP)

 

  • 116Read This News:
  • 510969Total reads:
  • 314229Total visitors: