अहिले सम्म सेतो घोडा नआउदा तलेजु भवानीको घोडा जात्रा अन्योलमा

भक्तपुर, ६ असोज २०७३ । दसैँ नजिकै आइसक्दा पनि भक्तपुर तलेजुमा दसँैका लागि चाहिने सेतो घोडा भने अझै नआउँदा सेतो घोडाको जात्रा एवम् परम्परा रोकिने चिन्ता बढेको छ ।

विगतका वर्षमा परम्परा धान्दै आएको तलेजु भवानीको बहान सेतो घोडाको गत कात्तिक ९ गते ४० वर्षको उमेरमा मृत्यु भएपछि दसैँमा मनाइने जात्रा प्रभावित हुने चिन्ता बढेको तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको बाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एकदिन चन्द्रमासको गति अनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमाका गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडे जात्रा पनि भन्ने गरिन्छ ।

महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजु भवानीले आफ्नो बाहन सेतो घोडामा सिङ्गारिएर खुसियाली मनाउन नगर परिक्रमा गरेको संझनामा जात्रा मनाउने गरिएको तलेजुका पुजारी नाइके प्राडा सिद्धीवीर कर्माचार्यले जानकारी दिनुभयो ।

गत विजयादशमीको दिन खड्ग जात्रा मनाएर फर्कने क्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा मरेपछि जिल्लास्थित गुठी संस्थानको कार्यालयलाई घोडा उपलब्ध गराउन पटकपटक लिखित पत्राचार गरेर आग्रह गर्दा पनि अझै नआएको जोशीले बताउनुभयो ।

घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन् ।

 

  • 90Read This News:
  • 501853Total reads:
  • 305395Total visitors: