अमेरिकाले टर्कीसँग ‘गुमेको विश्वास’ पुनस्र्थास्थापना गर्दैः टिलरसन

टर्की, २७ असार २०७४। संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनस्र्थापना गर्न लागिपरेको अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ ।

टर्कीका उच्च पदस्थ अधिकारीसँग भेटेपनि सोमबार टिलरसनले उक्त विचार व्यक्त गर्नुभएको हो । टिलरसनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवलमा घन्टौं लामो कुराकानी गरेपछि उहाँले टकी–अमेरिका सम्वन्ध सुमधुर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

अमेरिकी विदेशमन्त्रीले अमेरिका र टर्कीबीचको सम्वन्धमा केही समय यता खटपट रहेको स्वीकार गर्दै इश्तानबुलस्थित बाणिज्य दूतावासका कर्मचारीसँग भन्नुभयो, “मैले हामीबीचको सम्वन्ध सुधारको काममा शुरुवात भएको विश्वास लिएको छु ।” उहाँले आफ्नो दुई दिने भ्रमणपछि टर्कीबाट फर्किने क्रममा इश्तानबुलमा आफ्ना कर्मचारीलाई भेट र टर्कीका अधिकारीसँग भएका कुराकानीबारे जानकारी गराउनुभएको थियो ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको शाशनकालको अन्तिम समयतिरबाट दुई देशबीचको सम्वन्धमा समस्या देखिएको थियो तर अङ्काराले पनि वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सम्वन्धमा सुधार आउने विश्वास लिएको छ ।

यद्यपि सिरिया द्वन्द्व तथा सन् २०१६ को जुलाई १५ मा भएको असफल राज्य विद्रोह प्रयासका मुख्य योजनाकार भनी टर्कीले दावी गर्दै आएका र स्वघोसित निर्वासनमा रहेका धर्मगुरु फेतुल्लाह गुलेनलाई सुपुर्दगी गर्ने बिषय लगायतका केही विषयका कारण सम्स्याग्रस्त नै रहँदै आएको छ ।

 

  • 29Read This News:
  • 511979Total reads:
  • 315182Total visitors: