अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन

काठमाडौँ, २९ वैशाख २०७४ । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

नागरिक समाजका प्रतिनिधि संलग्न रहेको उक्त टोलीमा पूर्व प्रधानन्यायाधीश तथा आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व निर्वाचन आयुक्त प्रा.डा. वीरेन्द्र मिश्र, प्रा.डा. सूर्य ढुङ्गेल तथा अधिवक्ता मीरा ढुङ्गाना रहनुभएको आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी गराउनुभयो ।

यसअघि आयोगले अधिकृतस्तरको अनुगमन टोली स्थानीय तहमा खटाइसकेको छ । उहाँले टोलीले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने बताउनुभयो ।

 

  • 128Read This News:
  • 510157Total reads:
  • 313425Total visitors: